आईएमई लाइफको प्रडक्ट एम्बासडरमा सुशिला रोका नियुक्त
आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुशिला रोकालाई “सरल सावधिक जीवन बीमा योजना” को सद्भावना दूत (प्रडक्ट एम्बासडर) २०२५ को रूपमा नियुक्त गरेको छ।
कम्पनीका उच्च व्यवस्थापन र अभिकर्ताहरूको उपस्थितिमा आयोजित कार्यक्रममा यो घोषणा गरिएको हो।
सुशिला रोका कम्पनीको मासिक स्किमअन्तर्गत देशभरका अभिकर्ताहरूमध्येबाट उत्कृष्ट व्यवसाय गरेर यो सम्मान प्राप्त गर्न सफल हुनुभएको हो। सोही अवसरमा कम्पनीले उहाँको ब्यानर र प्रचार सामग्री पनि अनावरण गरेको छ। यसले अभिकर्ताहरूमा स्वस्थ प्रतिस्पर्धा र थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गर्ने कम्पनीको विश्वास छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले अभिकर्ताहरूलाई बीमा सेवाको ज्ञान, दक्षता र व्यक्तित्व विकासमा जोड दिँदै बीमितहरूलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीको उद्देश्यमा निरन्तरता दिइने बताउनुभयो।
प्रतिक्रिया