नेपालको यू-१९ विश्वकप यात्रा रद्द, समर्थकहरू आक्रोशित
समयपोष्ट
२०८२ वैशाख ६ गते १५:२०
आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल विश्वकपमा छनोट हुनबाट वञ्चित भएको छ। यो घटनाले समर्थकहरूमा तीव्र आक्रोश पैदा गरेको छ।
बिहानैदेखि मैदानमा उपस्थित समर्थकहरू खेल सुरु हुने आशामा थिए। एक समय घाम लागेपछि खेल हुने सम्भावना देखिए पनि मैदान पूर्णरूपमा तयार नहुँदा खेल सम्भव भएन।
खेल रद्द भएको घोषणापछि आक्रोशित समर्थकहरूले नेपाल क्रिकेट संघ (क्यान), एसियाली क्रिकेट परिषद (एसीसी) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) विरुद्ध नाराबाजी गरे। उनीहरूले आयोजकहरूले खेल गराउन नसकेको आरोप लगाए।
स्थिति तनावपूर्ण बनेपछि प्रहरीले समर्थकहरूलाई सम्झाउनुपरेको थियो। होहल्ला गर्ने समर्थकहरूलाई प्रहरीले विस्तारै मैदानबाट बाहिर पठाएको थियो।
प्रतिक्रिया