गार्डियन माइक्रो लाइफको विशेष साधारण सभा स्थागित
समयपोष्ट
२०८२ वैशाख ४ गते ११:१३
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा स्थगित भएको छ।
कम्पनीले बैशाख ५ गते बोलाएको विशेष साधारण सभा स्थगित भएको हो।
नेपाल बीमा प्राधिकरणको नियमन महाशाखाबाट बैशाख २ गते प्राप्त पत्रबाट विशेष साधारण सभा स्थगित गर्न निर्देशानुसार बैशाख ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो सभा स्थगित गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया