सुनको मूल्यमा नयाँ रेकर्ड कायम

आज पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री