
बुटवल पावर कम्पनीले एफपीओ रद्द गरेर हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ।
कम्पनीको सञ्चालक समितिको चैत २२ गते, शुक्रबार बसेको बैठकले यो निर्णय गरेको हो।
यसअघि कम्पनीले प्रिमियम मूल्यमा एक करोड कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको थियो। तर, उक्त एफपीओ प्रक्रिया रद्द गर्दै अब ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।
कम्पनीको हालको चुक्ता पूँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६ सय रुपैयाँ रहेको छ। यो चुक्ता पूँजीको ४० प्रतिशत अर्थात् १ अर्ब ३६ करोड ३६ लाख २५ हजार ८ सय रुपैयाँ बराबरको हकप्रद शेयर जारी गरिने भएको हो।









प्रतिक्रिया