मंगलबार, ३१ असार २०८२

नेप्से परिसुचक बढ्यो

समयपोष्ट २०८१ चैत २० गते १५:४२

Advertisement

नेप्से परिसूचक ३.३५ अंक बढेर २७०३.३९ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.३० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९८ अंक बढेको छ।

३२४ स्टकको ६९ हजार ८९ पटकको कारोबारमा ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ५५ लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ। ९ उपसमूहको परिसूचक घटेको छ। न अन्य उपसमूहको परिसूचक सर्वाधिक १.४५ प्रतिशत बढेको छ। बैंकिङ्ग उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.६६ प्रतिशत घटेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक साढे १ प्रतिशत घटेको छ।

ग्रीन भेन्चर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य ४५ रुपैयाँ ८८ पैसा बढेर ५०५ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। सुपर मादी हाइड्रोपावरको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ भने राधी विद्युत कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ। कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ७.८५ प्रतिशत घटेको छ।

Advertisement

कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ७२ करोड ३२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। नेपाल पुनर्बीमा कम्पनीको करिब ५६ करोडको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब ४३ करोडको शेयर किनबेच भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री