बुधबार, २ जेठ २०८१

सिता एयरको जहाजमा समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण

समयपोष्ट २०८१ वैशाख १७ गते ११:४३

Advertisement

काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नु परेको छ ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुन्छ ।

सिताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको थियो । जहाज रामेछाप हुँदै लुक्ला जाने तयारीमा थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री