शनिबार, २९ वैशाख २०८१

मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग वितरण

समयपोष्ट २०८१ वैशाख १६ गते १३:०७

Advertisement

अफगानिस्तान मानवीय संकटसँग लडिरहेको बेला विश्व खाद्य कार्यक्रमले त्यहाँ हरेक महिना ६० लाख मानिसहरूलाई खाद्यान्न र नगद वितरण गरिरहेको खामा प्रेसले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायले प्रेस विज्ञप्तिमार्फत, अफगानिस्तानमा यस वर्ष दुई करोड ३७ लाख मानिसहरूलाई मानवीय सहायताको आवश्यकता पर्ने बताएको छ ।

संयुक्त राष्ट्रको अनुमान अनुसार अफगानिस्तानमा करिब एक करोड ५८ लाख मानिसहरूले खाद्य असुरक्षा सङ्कट र आपतकालीन स्तरहरू अनुभव गर्नेछन् । त्यहाँका मानिसका आधारभूत आवश्यकता पूरा गर्न संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला समन्वय कार्यालयले तीन अर्ब ६० करोड अमेरिकी डलरको बजेट माग गरेको खामा प्रेसले जनाएको छ ।

यसैबीच, पाकिस्तान, इरान र टर्कीजस्ता सीमा जोडिएका छिमेकी देशबाट जबरजस्ती निर्वासनका प्रतिवेदन आएको र यसले मानवीय सङ्कटलाई अझ बढाएको छ ।
अफगानिस्तान केही समयदेखि मानवीय आधारभूत आवश्यकताको सङ्कटसँग जूझिरहेको छ ।

Advertisement

अफगान शरणार्थीहरूले सफा पानी, बस्ने ठाउँ, जागिर र चिकित्सा हेरचाहको अभाव र घर फर्कंदा धेरै आधारभूत अवरोधहरूको सामना गरिरहेका छन् ।

चरम मौसमी अवस्थाका कारण यी शरणार्थीहरू त्यहाँ बाँस बसिरहेका छन् । अफगानिस्तानमा जारी मानवीय प्रकोपलाई ध्यानमा राख्दै स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरूले तत्काल मद्दत र समर्थन उपलब्ध गराउनु आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री