आइतबार, ३० वैशाख २०८१

जापानी परराष्ट्रमन्त्री नेपाल भ्रमणमा आउने

समयपोष्ट २०८१ वैशाख १६ गते ९:५५

Advertisement

जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्नुहुने भएको छ ।

जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री याको कामीकावाको भ्रमण घोषणा गरेको हो ।

“परराष्ट्रमन्त्री कामिकावाले यही वैशाख १४ देखि २४ गतेसम्म मदगास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलङ्का र नेपालको भ्रमण गर्नेहुनेछ”, परराष्ट्र मन्त्रालयले घोषणा गरेको छ ।

छ राष्ट्रको भ्रमणमा निस्कुनअघि परराष्ट्रमन्त्री कामिकावाले एक पत्रकार सम्मेलनमा ‘ग्लोबल साउथ’ र सात राष्ट्रहरूको समूहलगायत समान विचारधारा भएका देशहरूबीच सम्बन्ध विस्तारमा सेतुको रूपमा काम गर्ने बताउनुभएको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री