शनिबार, २२ वैशाख २०८१

कर्णालीमा मन्त्रालय भागबण्डा टुङ्गियाे, मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने

समयपोष्ट २०८१ वैशाख ११ गते १९:४९

Advertisement

कर्णाली प्रदेशमा सत्तारुढ दलहरूबिच मन्त्रालय भागबण्डा टुङ्गिएको छ ।

मंगलबार मुख्यमन्त्री यामलाल कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबिच भएको छलफलमा मन्त्रालय भागबण्डाको विषय टुङ्गिएको हो ।

जस अनुसार सत्तारुढ दलमा माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति भएको छ ।

यस्तै एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ ।

Advertisement

यसअघि माओवादीलाई सामाजिक विकास मन्त्रालय मुख्यमन्त्री कँडेलले दिन चाहेका थिएनन् । अन्ततः उक्त अडानबाट मुख्यमन्त्री कँडेल पछाडि हटेका हुन् । मन्त्रालय भागबण्डाको विषय टुङ्गिएसँग मुख्यमन्त्री कँडेलले बिहीबार संसदबाट विश्वासको मत लिने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री