शनिबार, २२ वैशाख २०८१

झुलाघाट नाका पुनः सञ्चालनमा

समयपोष्ट २०८१ वैशाख ८ गते १९:३५

Advertisement

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको छ ।

भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका आजदेखि पुनः सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।

यही वैशाख ७ गते त्तराखण्ड राज्यमा भएको लोकसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ६ बजेदेखि वैशाख ७ गते निर्वाचन नसकिँदासम्मका लागि झुलाघाट नाका बन्द गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री