शनिबार, २२ वैशाख २०८१

अप्पर अरुणमा विश्व बैंकले साढे ८०० मिलियन डलर बराबर लगानी गर्ने

समयपोष्ट २०८१ वैशाख ८ गते १९:१५

Advertisement

विश्व बैंक अप्पर अरुणको १ हजार ६५ मेगावाट विद्युत उत्पादन गर्न साढे ८०० मिलियन डलर बराबरको लगानी गर्न सहमत भएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठक सकेर शनिबार स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो बारे जानकारी दिएका हुन् । अर्थमन्त्री पुनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै
अप्पर अरुणको १ हजार ६५ मेगावाट विद्युत उत्पादन गर्न विश्व बैंकले साढे ८०० मिलियन डलर बराबरको लगानी गर्ने सहमति भएको बताए ।

अर्थमन्त्री पुनले सस्तो ब्याजको ऋण दिने र विश्व बैंकले वित्तीय व्यवस्थापन गर्ने सहमति भएको बताए ।

उनले ६३५ मेगावाटको दूधकोशीमा एसियाली विकास बैंक (एडीबी)ले नेतृत्व गर्ने तर विश्व बैंकले पनि लगानी गर्ने बताए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री