बिहीबार, २० वैशाख २०८१

दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश

समयपोष्ट २०८१ वैशाख ७ गते १५:०३

Advertisement

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा हुन् । शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि यस्तो आदेश भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री