बिहीबार, २० वैशाख २०८१

कामना सेवा विकास बैंकको खुद नाफा ३३ करोड १३ लाख

समयपोष्ट २०८१ वैशाख ७ गते ८:१७

Advertisement

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३३ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३० करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । निष्क्रिय कर्जा बढेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५२ करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २०.५८ प्रतिशत, कुल सञ्चालन आम्दानी २.६६ प्रतिशत र सञ्चालन मुनाफा २.९२ प्रतिशत बढेको छ।।

Advertisement

बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५० पैसा बढेर १३ रुपैयाँ ४७ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६.५१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ३४ पैसा रहेको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २८ करोड ७३ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६८ पैसा रहेको छ।

३ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ८१ करोड रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकले ५७ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री