बिहीबार, २० वैशाख २०८१

निफ्राको खुद नाफा ९८ करोड ७३ लाख

समयपोष्ट २०८१ वैशाख ७ गते ७:४९

Advertisement

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.५७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६३.२८ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३.०९ प्रतिशत र सञ्चालन मुनाफा १४.९९ प्रतिशत घटेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ८८ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा २ रुपैयाँ ९६ पैसा रहेको छ।

Advertisement

चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९ पैसा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३४.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ६५ पैसा रहेको छ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब १ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकको निक्षेप २४.३७ प्रतिशत बढेको छ भने कर्जा ७.२५ प्रतिशत घटेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री