बिहीबार, २० वैशाख २०८१

बजार भाउ बढेको बढ्यै, मारमा उपभोक्ता

पत्रपत्रिका २०८१ वैशाख ७ गते ६:३१

Advertisement

दैनिक उपभोग्य वस्तुको भाउ बढेको बढ्यै छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु भेटिँदैन पनि । सानोतिनो कमाइले परिवार धान्न गाह्रो भएको अनुभव सहकारीमा पैसा सङ्कलनको काम गर्ने विष्णुमाया क्षेत्रीले सुनाउनुभयो । दैनिक एक हजार रुपियाँले चार जनाको परिवारलाई सामान्य खाएर दुई छाक टार्न गाह्रो भएको अनुभव विष्णुमायाको छ । उहाँले भन्नुभयो, “काम गरेको ठाउँमा तलब बढेको छैन, एक वर्षको बिचमा खाने कुराको भाउ बढेर कहाँ पुग्यो कसरी बाँच्ने हो ? गरिबलाई त बाँच्नै गाह्रो भइसक्यो ।”

सबैभन्दा सस्तो (मोटा) चामल एक वर्षको बिचमा केजीमै २० रुपियाँ बढेर प्रतिकेजी ६५ बाट ८५ रुपियाँ पुगेको छ । दाल, गेडागुडी, चिनी, तेल, पिठो र अन्य खानेकुरा तरकारी सबै यसै गरी बढेका छन् । विष्णुमायाले काम गर्ने सहकारीले तीन वर्षदेखि मासिक २० हजार रुपियाँ तलबमा काम लगाउँदै आएको छ । विष्णुमाया त एउटा प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । महँगीको चर्को मारमा दैनिक काम गरेर कमाएको ज्यालाले परिवार पाल्नुपर्ने र न्यून आय भएका आमउपभोक्ता परेका छन् ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको एक वर्षको बिचमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशतले महँगिएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष नरेश शाहीले एक वर्षयताका हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा कुनै १० देखि ५० प्रतिशतसम्म महँगिए पनि औसतमा २० प्रतिशत महँगो भएको पाइएको जानकारी दिनुभयो ।

सङ्घका अनुसार २०८० वैशाखमा प्रतिकेजी ६५ रुपियाँ रहेको चामल अहिले बढेर ८५ रुपियाँमा कारोबार भएको छ । सो अवधिमा स्टिम जिरा मसिनो चामल प्रतिकेजी ९० रुपियाँबाट बढेर एक् सय रुपियाँमा किनबेच भएको छ भने चिनी प्रतिकेजी रुपियाँबाट बढेर १०८ देखि ११० रुपियाँमा कारोबार भएको छ । सङ्घका उपाध्यक्ष शाहीले पछिल्लो समयमा गहुँको आँटा र मैदाको भाउ केही घटे पनि यसबाट तयार गरिने बिस्कुट र पाउरोटीका परिकार नघटेको बताउनुभयो । दाल, गेडागुडी, चिउरालगायतका सामान १० देखि १५ प्रतिशतसम्म महँगिएको उहाँको भनाइ छ । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री