बुधबार, १९ वैशाख २०८१

‘भूकम्पले भत्काएका सबै सम्पदा पुनःनिर्माण गरेँ’

समयपोष्ट २०८१ वैशाख ६ गते २१:२६

Advertisement

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विसं २०७२ को भूकम्पले भत्किएका एक सय ५० पाटी पौवा पुनःनिर्माण गरिएको जानकारी दिनुभएको छ ।

विश्वसम्पदा दिवसको अवसरमा आज उहाँले ललितपुरको सम्पत्ति नै सम्पदा भएको बताउनुभयो । यसको संरक्षणका लागि महानगर सधैँ सक्रिय रहेको र वर्षौदेखि रोकिएका प्राचीन जात्रालाई निरन्तरता दिन थालिएको उहाँले दाबी गर्नुभयो । विश्वसम्पदा जोगाउन ललितपुर महानगरपालिकाले शून्य सहनशीलताको सिद्धान्त अपनाउँदै आएको बताउनुभयो ।

विश्वसम्पदा दिवसकै सन्र्दभमा पाटनमा कलाकार मनिषलाल श्रेष्ठले बनाएको एक हजार तीन सय ३६ मिटर लामो धागोका प्रतिस्थापन कला प्रदर्शनी गरिएको थियो । उक्त रङ्गीन धागो महानगर प्रमुख चिरीबाबु महर्जनले शरीरमा बेरेर दिवस उद्घाटन गर्नुभएको थियो ।

मेयर महर्जनले उद्घाटन गर्नुभएपछि उपस्थित अरु सबैले शरीरमा धागो बेर्दै पाटन दरबार परिसरका सम्पदा घेरेका थिए । “हाम्रा सम्पदा धागोले जस्तै एकबद्ध हुनुपर्छ भन्ने सन्देश दिन खाजेको हुँ”, मनिषले भन्नुभयो, “अबको पुस्तालाई एकता र बहुसांस्कृतिक भाव जगाउन आवश्यक छ ।” उहाँले यो प्रोजेक्ट सन् २०१७ मा नै तयार पार्नुभएको थियो । “प्रोजेक्ट १३३६” शीर्षक पुनःप्रदर्शनी गरिएको हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री