बुधबार, १९ वैशाख २०८१

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेस

समयपोष्ट २०८१ वैशाख ६ गते १६:५१

Advertisement

लामो लफडाकाबीच अन्तत सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

बिहीबार एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएसँगै उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेको एमाले प्रदेश सांसद नरेश शाहीले जानकारी दिए ।

सोडारीले सत्तारुढ दलहरू नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको (कैलाश चौधरी पक्ष) को समर्थनमा दाबी पेस गरेका हुन् । यद्यपि नाउपाका सातै जना सांसदको समर्थन रहेको समर्थनपत्रमा उल्लेख छ ।

सुदूरपश्चिममा एमालेका १०, माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका १० र नाउपाका सात सांसद रहेका छन् ।

Advertisement

यसअघि नागरिक उन्मुक्तिका तर्फबाट मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा पुन दाबी पेस गर्न भन्दै आज ५ बजेसम्मको समय दिएका थिए । सोडारीले आजै शपथ लिने तयारी रहेको सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री