बुधबार, १९ वैशाख २०८१

सुदूरपश्चिममा सोडारीलाई एमालेको समर्थन, मुख्यमन्त्रीमा दाबी पेस गर्दै

समयपोष्ट २०८१ वैशाख ६ गते १६:१५

Advertisement

सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले)ले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई समर्थन गरेको छ । एमाले सुदूरपश्चिम प्रदेशसभा सदस्य धर्मराज पाठकले सोडारीलाई समर्थन गरिएको बताए ।

एमालेले सोडारीका नाममा समर्थन नगर्दा अन्योलता पैदा भएको थियो । एमालेको समर्थनपछि मुख्यमन्त्रीमा दाबी गर्न जाने तयारी भएको छ ।

संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री दाबी गर्नका लागि सोडारी प्रदेश प्रमुख कहाँ पुगेको पाठकले बताए ।

उनले एमाले, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाबी पेस गर्न लागेका हुन् । त्यहाँ एमालेका १०, माओवादीका १०, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्ति पार्टी सात सांसद रहेका छन् । तर, नागरिक उन्मुक्ति पार्टी विभाजित छ ।

Advertisement

अध्यक्ष रञ्जीता श्रेष्ठ सोडारीको पक्षमा छिन् भने संरक्षक रेशम चौधरी पक्षका सांसद सत्ता गठबन्धनको पक्षमा छैनन् । प्रदेश प्रमुखले दिएको समयको अन्तिमतिर एमालेले समर्थन दिएपछि सोडारी मुख्यमन्त्रीमा दाबी पेश गर्न जाने तयारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री