बुधबार, १९ वैशाख २०८१

एन्फा उपाध्यक्ष दावा लामा छुटे

समयपोष्ट २०८१ वैशाख ६ गते १३:२१

Advertisement

अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा छुटेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई लागू औषध मुद्दामा बुधबार पक्राउ गरेको थियो।

लामालाई प्रहरीले बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो ।

सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

Advertisement

दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । उनलाई ५ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो । तर, उनी सजाय भुक्तान नगरी फरार रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री