बुधबार, १९ वैशाख २०८१

सेलफिस खोज्दा समुद्रमा हराएका नेपालीको शव फेला, महिनादिन अघि मात्रै पुगेका थिए पोर्चुगल

समयपोष्ट २०८१ वैशाख ६ गते १३:११

Advertisement

सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव फेला परेको छ ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा फेला परेको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष प्रबल भट्टराईले जानकारी दिए ।

शव भेटिए पनि उनको पहिचान बुधबार मात्र खुलेको थियो । बेपत्ता उनको खोजी भइरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री