बुधबार, १९ वैशाख २०८१

जलिरहेको अवस्थामा युवती र नौ महिने बालिकाको शव फेला

समयपोष्ट २०८१ वैशाख ६ गते १२:५३

Advertisement

जनकपुरमा जलिरहेको अवस्थामा एक युवती र नौ महिने बालिकाको शव फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका १६ पुल चोकको रेल्वे लिक नजिकै रहेको पोखरीको डिलमा बुधवार महोत्तरी मनरासिसा नगरपालिका २ कि २३ वर्षीया प्रियंका महतो र बालिकाको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए ।

नौ महिने बालिकाको को भने पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जलेर शव पहिचान गर्न नसक्ने अवस्थामा रहेको छ । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

युवती र बालिका जलिरहेको अवस्थामा देखेपछि स्थानीयले बुधवार राति प्रहरीलाई खबर गरेको थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री