बुधबार, १९ वैशाख २०८१

सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन, ११ जना पक्राउ

समयपोष्ट २०८१ वैशाख ६ गते ११:२८

Advertisement

सिंहदरबारस्थित दक्षिण गेट अगाडि प्रदर्शन गर्दा आज ११ जना पक्राउ परेका छन् ।

रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार र मृत्यु भएकाहरूको शव फिर्ता ल्याउन सरकारलाई दबाब दिँदै आफन्तहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले हस्तक्षेप परेको थियो ।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जनाइएको छ ।

Advertisement

सो क्रममा विभिन्न प्लेकार्ड बोकेर उनीहरूले नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री