मंगलबार, १८ वैशाख २०८१

आर्थिक विकासको नेतृत्व कांग्रेसले गर्नुपर्छ : नेता सिंह

समयपोष्ट २०८१ वैशाख ५ गते २१:१४

Advertisement

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१५ वडा एकाइले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन जरुरी छ भन्नुभयो ।

“कांग्रेसले विभिन्न समयमा मुलुकमा भएका राजनीतिक आन्दोलनको नेतृत्व गरेको छ, अब राजनीतिक र आर्थिक विकासको नेतृत्व कांग्रेसले गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री