बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी
समयपोष्ट
२०८० चैत २६ गते १८:३६
काठमाडौँ । काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ । आगलागीबाट सशस्त्रको बन्दोबस्तीको सामान जलेको छ ।
आगो निभाउने प्रयास भइरहेको प्रहरी वृत थानकोटका डीएसपी सुर्य सुवेदीले बताए । एपीएफ अस्पतालसँगै रहेको बहुउद्देश्यीय भवनको केन्द्रीय स्टोरमा लत्ताकपडा र बुट लगायका बन्दोबस्तीका सामान स्टोर गरिएको हुन्छ । बिजुली सर्ट भएर आगलागी भएको आशंका गरिएको उनले बताए ।
अहिले आगो नियन्त्रणका लागि दमकल पुगेको थानकोट प्रहरीले जनाएको छ ।
प्रतिक्रिया