आइतबार, ८ असार २०८२

बैंक अफ काठमाण्डूको खुद मुनाफा ९३ करोड ५ लाख रुपैयाँ

समयपोष्ट २०७५ वैशाख १३ गते ४:५१

बैंक अफ काठमाण्डूले जारी गरेको बित्तिय विवरण अनुसार बैंकले चैतसम्ममा ९३ करोड ५ लाख रुपैयाँ नाफा गरेको छ। गत बर्षको चैतमा भने ८८ करोड ६७ लाख रुपैयाँ थियो। ब्याज खर्च र आम्दानी दुबै बढेको बैंक छ।

Advertisement

चैतसम्म ७३ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरि ६७ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गरेको छ। चुक्ता पूँजी ७ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ४३ करोड रुपैयाँ जम्मा भएको छ।

८ अर्बको लागि अझै ९३ करोड रुपैयाँ पूँजी जुटाउनु पर्नेछ। पूँजी कोष अनुपात १३.३३ प्रतिशतबाट बढेर १५.२२ प्रतिशत पुगेको छ। खराब कर्जा केहि बढेर १.८२ प्रतिशत छ। आधार ब्याजदर ९.३५ प्रतिशतबाट बढेर १०.७८ प्रतिशत पुगेको छ। प्रति शेयर आम्दानी १७ रुपैयाँ छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री