बिहीबार, २० वैशाख २०८१

पोलमा जथाभावी राखिएका तार व्यवस्थापन गर्न पन्ध्र दिनको अल्टिमेटम

समयपोष्ट २०८० वैशाख १२ गते १०:५१

Advertisement

काठमाडौं महानगरपालिकाले पोलमा जथाभावी छाडिएका अनावश्यक र प्रयोगविहीन तार हटाउन सेवा प्रदायकलाई पन्ध्र दिनको समय दिएको छ।

सोमबार नगर प्रमुखस्तरीय निर्णयबाट टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरु नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केबुल प्रसारक संघलगायतलाई पत्र पठाउँदै तार हटाउन र प्रयोगमा रहेका तार ट्यागिङ गरेर व्यवस्थापन गर्न समय तोकिएको महानगरपालिकाले जनाएको छ।

महानगरले मंगलबार जारी गर्दै सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उक्त तार / केवल नहटाइएमा १६ दिनपछि आफैले हटाउने जनाएको छ।

महानगरले सेवा प्रदायकलाई आवश्यक पर्ने समन्वय र सहजीकरणका लागि नियामक निकायहरूलाई महानगरले अनुरोध समेत गरेको छ।

Advertisement

बिजुली, टेलिफोन, इन्टरनेट तथा केवललगायत तारको प्रयोग गरेर सेवा प्रदान गरिरहेका सेवा प्रदायक निकाय तथा संघ / संस्थाले पोलमा गुजुल्टो बनाएर राखेका, चुँडिएर तथा लत्रिएर सडकमा छरिएका तारहरूले सहरी सुन्दरतामा ह्रास पुऱ्याएका उक्त सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री