शुक्रबार, २१ वैशाख २०८१

प्रिमियममा आईपिओ निष्काशन गर्दै घोराही सिमेण्ट

समयपोष्ट २०८० वैशाख ११ गते १०:३५

Advertisement

घोराही सिमेण्ट इण्डष्ट्री लिमिटेडले वैशाख १९ गतेदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले दाङ र रोल्पाका जिल्लाका स्थानीयलाई ३ लाख ९७ हजार १ सय ९० कित्ता निष्काशन गर्न लागेको हो । यस निष्काशनमा दाङ जिल्लाको घोराही उपमहानगरपालिकाको वडा नम्बर १,२,३,४,१४,१५,१७,१८,र १९ , बंगलाचुली गाउपालिकाको वडा नम्बर ३ र ४, र रोल्पाको त्रिवेणी गाउपालिकाको वडा नम्बर ३ र ४ का स्थानीयले आवेदन दिन सक्ने छन् ।

स्थानीयलाई अंकित मूल्य १०० रुपैयामा ३०० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ४०० रुपैयाँमा शेयर निष्काशन गर्न लागिएको हो । स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा जेठ २ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा जेठ १७ गतेसम्म आवेदन दिन सकिने छ ।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई ७ लाख ५४ हजार ६ सय ६१ कित्ता शेयर निष्काशन हुने छ । नेपाली श्रमिकलाई अंकित मूल्य १०० रुपैयामा ३३५ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ४३५ रुपैयाँमा शेयर निष्काशन गर्न लागिएको हो । श्रमिकले पुरै कित्ताको लागि आवेदन दिन सक्ने छन् । उनीहरुले जेठ २ गतेसम्म मात्र आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।

Advertisement

स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँट गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री