बुधबार, २६ वैशाख २०८१

एमसिसी परियोजना : नुवाकोटमा जग्गा प्राप्तिको प्रक्रिया सुरु

समयपोष्ट २०८० वैशाख ५ गते ११:४५

Advertisement

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) ले अमेरिकी सहयोग नियोग एमसीसी (मिलेनियम च्यालेन्स कर्पोरेशन) अन्तर्गत प्राप्त अनुदानबाट निर्माण हुने उच्च क्षमताको विद्युत प्रसारण लाइन निर्माणका लागि नुवाकोट जिल्लामा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाएको छ ।

डबल सर्किट ४०० केभी क्षमताको विद्युत् प्रसारण आयोजना अन्तर्गत नुवाकोट जिल्लाभित्र पर्ने विद्युत् प्रसारण लाइनको टावरको जग निर्माण प्रयोजनका लागि आवश्यक जग्गा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाइएको हो ।

एमसीए नेपालले नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ वैशाख २३ को निर्णय अनुसार आयोजनालाई आवश्यक पर्ने जग्गा प्राप्त गर्ने सिलसिलामा यस जिल्ला अन्तर्गत बेलकोटगढी नगरपालिका तथा शिवपुरी, पञ्चकन्या, लिखु र तारकेश्वर गाउँपालिकाहरूका निम्नलिखित वडाहरूमा पर्ने जग्गाहरू प्राप्त गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६(१) अनुसार सम्बन्धित सबैको जानकारीका लागि यो प्रारम्भिक कारबाहीको सूचना प्रकाशित गरेको छ ।

जग्गा प्राप्ति ऐन, २०३४ अनुसार आयोजनाका लागि आवश्यक पर्ने जग्गा स्थायी रूपले प्राप्त गरिने हुनाले सो क्षेत्रमा जग्गाको नापजाँच गर्ने, सर्वेक्षण गर्ने, साँध छुट्याउने, किला गाड्ने प्रयोजनका लागि ऐ. दफाको उपदफा २ बमोजिम सूचना जारी भएको मितिले तीन दिनपछि प्राविधिक सहितको टोली खटी आउने हुँदा जग्गाधनी, टोलबासी तथा सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको जानकारी दिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री