महानिर्देशकले सरकारी नम्बर प्लेट बदलेर बनाए राताे
समयपोष्ट
२०७५ वैशाख ९ गते १:४७
खानेपानी मन्त्रालयका सहसचिव तथा विभागका महानिर्देशक तेजराज भट्टले सरकारी नम्बर प्लेटको गाडीमा निजी नम्बरप्लेट राखेर चढ्ने गरेका छन् ।
आजको राजधानी दैनिकमा खबर छ, मन्त्रालयले सो नम्बर प्लेट सरकारी राख्नका लागि बारम्बार निर्देशन दिँदा पनि अटेर गरेका भट्ट बा १७ च ५९७० नम्बरको हुन्डाइको टक्सन गाडी चढ्छन् ।
सो नम्बर मन्त्रालयको गाडी चए पनि उनले निजी नम्बर प्लेट राखेका हुन् । बिदाको समयमा सरकारी गाडीको दूरुपयोग बढ्दा ट्राफिक प्रहरी कार्यालयले कडाइ गरेका कारण उनले यसरी नम्बर प्लेट बदलेका हुन्।
खानेपानी विभागका प्रमुखको जिम्मेवारी सम्हालिरहेका भट्टले नै सरकारी नम्बरप्लेटको दुरुपयोग गर्दा सम्बन्धित निकायको ध्यान गएको छैन्।
प्रतिक्रिया