शनिबार, ८ वैशाख २०८१

एभरेष्ट इन्स्योरेन्सले बोलायो २३ औं बार्षिक साधारण सभा, बोनस र हकप्रद पारित गर्ने

समयपोष्ट २०७५ वैशाख ३ गते ८:१९

एभरेष्ट इन्स्योरेन्स कम्पनीले २३ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस पारित गर्न बैशाख १० गते दिउँसो २ बजे अग्रवाल भवन कमलपोखरीमा साधारण सभा डाकेको हो ।

Advertisement

एभरेष्ट इन्स्योरेन्सले एक करोड २१ लाख ५० हजार रुपैयाँको बोनस तथा बोनस प्रयोजनका लागि ६ लाख ३९ हजार ४७४ रुपैयाँ नगद लाभांश बितरण गर्ने भएको छ।

सभाले २२ औं साधारण सभाबाट पारित भएको ६ सय प्रतिशत हकप्रद प्रस्तावलाई परिमार्जन गरी बीमा समितिको निर्देशन बमोजिम कम्पनीको सेयर संरचनामा न्युनतम ५१ प्रतिशत संस्थापक सेयरधनी कायम गर्ने गरी बोनस सेयर पश्चात हुन आउने कुल चूक्ता पूँजीमा सेयरधनीलाई १०५ प्रतिशत संस्थापक हकप्रद सेयर जारी गर्ने भएको छ । संस्थापक हकप्रद पश्चात कायम सेयरधनीलाई थप ३०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री