राष्ट्रपति भण्डारीद्वारा राजदुत नियुक्त
समयपोष्ट
२०७५ वैशाख २ गते १५:५७
राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली राजदुत रमेशप्रसाद खनाललाई सर्वियाका लागि समेत गैरआवासीय नेपाली राजदुतमा नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा खनाललाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी, राष्ट्रपति भण्डारीले थाइल्यान्डका लागि नेपाली राजदुत खगनाथ अधिकारीलाई भियतनामका लागि समेत गैरआवासीय नेपाली राजदुत पदमा नियुक्त गर्नुभएको छ । रासस
प्रतिक्रिया