शुक्रबार, २१ असोज २०७९

पौडेल पक्षले कार्वाही गर्न नदिएको देउवाको आरोप

समयपोष्ट २०७५ वैशाख २ गते १५:४५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कार्वाही गर्न बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नदिएको आरोप लगाएका छन् ।

Advertisement

आईतबार काठमाडौंमा पार्टी निकट बुद्धिजीविहरुको संगठन प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो आरोप लगाएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई निश्काशन नगरेसम्म पार्टीलाई अघि बढाउन सक्ने अवस्था नरहेको दावी समेत गरे । निर्वाचनमा अन्तरघातबाट पार्टीले ४० सिट गुमाउनु परेको सभापति देउवाले दावी गरे ।

एमाले र माओवादी केन्द्रबीचको एकताले पनि निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको पनि स्मरण गर्दै सभापति देउवाले एमाले र माओवादी केन्द्रबीचको एकतालाई चुनौतिको रुपमा लिएर पार्टी भित्रको एकतालाई बलियो बनाउन प्राध्यापकहरुलाई सहयोग गर्न पनि आग्रह गरे ।
उनले पार्टीभित्र आइपरेको चुनौति सामना गरेर अघि बढने प्रतिबद्धता समेत व्यक्त गरे ।

काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले कर्मशील काँग्रेस बनाउनुपर्नेमा जोड दिए । उनले काँग्रेसलाई कामै गर्ने पार्टीको रुपमा स्थापित गराउन पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह समेत गरे । काँग्रेस महामन्त्री डा.शशांक कोइरालाले गुट, उपगुटकै कारण काँग्रेसले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको उल्लेख गर्दै त्यसबाट पार्टीलाई मुक्त राख्न बुद्धिजीविहरुले आवश्यक पहल गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

Advertisement

महामन्त्री कोइरालाले गुटगत गतिविधि हुन नदिन पार्टीको सिंगो पंक्ति सचेत हुनुपर्ने पनि स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री