बुधबार, २६ वैशाख २०८१

विद्यार्थी भर्ना अभियान : प्रधानमन्त्री र शिक्षामन्त्रीले गरे विद्यार्थी भर्ना

समयपोष्ट २०७५ वैशाख १ गते १५:४३

प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुगुको विद्यालयमा एक–एकजना विद्यार्थी भर्ना गरेका छन् ।

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि देशव्यापी रुपमा विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरी भर्ना अभियान सञ्चालन गरेको हो ।

यसै अनुरुप प्रधानमन्त्री र शिक्षामन्त्रीले विद्यार्थी भर्ना गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले जानकारी दिए ।

‘हामी सबैको इच्छा अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नारासहित यसवर्ष मन्त्रालयले पाठ्यपुस्तकसहित भर्ना अभियान सञ्चालन गरेको छ ।

आजदेखि भर्ना अभियान सञ्चालन भए पनि अभियानकै रुपमा भने आगामी वैशाख ५ गतेदेखि घरदैलो रुपमा सञ्चालन गर्ने बताईएको छ ।

Advertisement

प्राथमिक तहको कक्षामा ५ देखि ९ वर्षसम्मका बालबालिकालाई भर्ना अभियान सञ्चालन गरिएको हो ।

विद्यालय तहको शैक्षिक तथ्याङ्क, २०७४ अनुसार प्राथमिक तहमा पाँचदेखि नौ वर्ष २।८ प्रतिशत र कक्षा १ देखि ८ सम्म पाँचदेखि १२ वर्ष उमेर समूहका ७।७ प्रतिशत विद्यार्थी विद्यालयभन्दा बाहिर रहेका छन् ।

प्राथमिक तहमा ९४ हजार ६४६ जना र आधारभूत तहमा तीन लाख १३ हजार २८९ जना विद्यार्थी विद्यालयभन्दा बाहिर रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री