बिहीबार, २० असोज २०७९

रिब्दीकोट गाउँपालिकाद्वारा तीन वटा स्थानीय ऐन पारित

समयपोष्ट २०७४ चैत ३० गते ६:४४

पाल्पाको रिब्दीकोट गाउँपालिकाले तीन वटा स्थानीय ऐन पारित गरेको छ ।

Advertisement

गाउँसभाबाट पारित शिक्षा, स्वास्थ्य र सहकारीसम्बन्धी ऐन स्थानीय राजपत्रमा प्रकाशन गर्ने तयारीमा रहेको छ । गाउँपालिकाले विभिन्न चरणमा सरोकारवाला निकायसँग छलफल गरी पूर्णता दिएपछि दोस्रो गाउँसभाबाट ऐन पारित गरिएको गाउँपालिका अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले ऐन प्रमाणीकरण भए पछि स्थानीय निकायमा शिक्षा, स्वास्थ्य र सहकारीसम्बन्धी काम गर्न मार्ग प्रशस्त हुनेछ ।

यसैबीच, तानसेन नगर कार्यपालिकाले सात वटा स्थानीय ऐन पारित गरेको छ । दुई दिनसम्म चलेको नगरसभाले विनियोजन २०७४, आर्थिक नियमन कार्यविधि, प्रशासकीय कार्यविधि, न्यायिक समिति कारबाही गर्दा अपनाउनुपर्ने कार्यविधि, कृषि व्यवसाय प्रवद्र्धन, पदाधिकारीका आचारसंहितासम्बन्धी ऐन र सहकारी ऐन २०७४ पारित गरेको नगर प्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री