शुक्रबार, १६ चैत २०८०

विद्यार्थीलाई फोहोरी भन्दै हेला गर्ने, पिट्ने गरेपछि..

समयपोष्ट २०७४ चैत ३० गते ०:५२

कटहरियास्थित डुमरियाका एक सय मुसहर बालबालिका विद्यालय जान सकेका छैनन् ।

Advertisement

आजको अन्नपूर्ण पोस्टमा खबर छ,साथी तथा शिक्षकले पिट्ने डरका कारण उनीहरु विद्यालय जान छाडेका हुन् ।

एक मिलोमिटर दुरीको विद्यालयमा गत बर्ष नाम लेखाए पनि उनीहरु पढाईबाट बञ्चित हुँदै आएका छन् ।

विद्यालय जाँदा फोहोरी भन्दै मुसहर बालबालिकालाई अन्य विद्यार्थी तथा शिक्षकले हेला गर्ने, पिट्ने गरेपछि पढ्न जान छाडेको अभिभावकको भनाइ छ ।

यो टेलमा ५८ घर मुसहरको बसोबास छ । टोलका सबै बालबालिका विद्यालय जाँदैनन् । उनीहरुको भएटै भनाइ छ, विद्यालय जाँदा गाली गर्छन्, कुटाइ खानुपर्छ ।

प्रदेश २ का ८ जिल्लामा झन्डै दुई लाख बालबालिका अझै विद्यालयबाहिर छन् । क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलको तथ्यांकले १ लाख ९१ हजार बालबालिका विद्यालयबाहिर रहेको देखाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री