बिहीबार, १५ चैत २०८०

अबको तीन महिनापछि काठमाण्डौवासीका लागि मेलम्चीको पानी !

समयपोष्ट २०७४ चैत २९ गते ९:४८

खानेपानी मन्त्री विना मगरले काठमाडौंवासीको वर्षौदेखिको खानेपानीको सपना पूरा भएको बताएकी छिन् । बिहीबार सुरुङमार्गभित्रै पुगेर खानेपानी मन्त्री विना मगरले सुरुङ खण्डको उद्घाटन गर्दै सो कुरा बताएकी हुन् । मेलम्ची खानेपानी आयोजना अन्तर्गत सिन्धु–ग्याल्थुम खण्ड ब्रेक थु्र भएसँगै मेलम्चीदेखि काठमाडौसम्मको सुरुङमार्ग पूरा भएको क्षण ऐतिहासिक क्षण भएको मन्त्री मगरले बताईन् ।

Advertisement

सुरुङ खण्डको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुन र खानेपानी मन्त्री विना मगरले संयुक्त रुपमा गरे । सुरुङमार्गको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले यो सम्पूर्ण नेपालीहरुका लागि गौरवपूर्ण क्षण भएको बताए । उनले यो आयोजनाबाट अन्य आयोजना सम्पन्न गर्ने प्रेरणा मिलेको बताए ।

कार्यक्रममा मेलम्चीका उपनिर्देशक भोजविक्रम थापाले अबको तीन महिनापछि काठमाण्डौवासीका लागि मेलम्चीको खानेपानी पुग्ने दाबी गरे । उनले यसका लागि केही सुरुङका केही प्राविधिक काम भने बाँकी रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री