मंगलबार, ११ असोज २०७९

स्वास्थ्य भवन निर्माण

समयपोष्ट २०७४ चैत २९ गते ८:३७

पूर्वी पहाडी जिल्ला भोजपुरको अरुण गाउँपालिका याकुमा रु तीन करोडको लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।
भोजपुरको पूर्वी अरुण गाउँपालिका–५ याकुमा निर्माण भएको सो भवनको संघीय संसदका सदस्य सुदन किरातीले बुधबार उद््घाटन गर्नुभयो ।

Advertisement

भवन नेपाल सरकारको आर्थिक सहयोग तथा शहरी विकास भवन निर्माण विभाग क्षेत्रीय कार्यालय धनकुटाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । दुई तले भवनमा १६ वडा कोठा रहेका छन् ।

चारवर्ष अघि निर्माण शुरु गरिएकोे भवनमा खोप, सुरक्षित मातृत्व, भिडियो एक्सरे सेवा सञ्चालन भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरका प्रमुख डा त्रिभुवनचन्द्र झाले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री