बिहीबार, १५ चैत २०८०

गृह मन्त्रालयद्वारा डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत

समयपोष्ट २०७४ चैत २८ गते १२:३०

गृहमन्त्रालयले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले डिआइजी खरेलको राजीनामा स्वीकृत गरेका हुन् ।

Advertisement

सरकारले नेपाल प्रहरीको २६ औं आइजीपीमा मंगलबार साँझ डिआइजी सर्वेन्द्र खनाललाई नियुक्ति गरेलगत्तै खरेलले राजीनामा दिएका थिए ।

बुधबार गृहमन्त्री थापाले उनको राजीनामा स्वीकृत गर्नुभएको गृह मन्त्रालयका प्रवक्त रामकृष्ण सुवेदीले बताए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै प्रहरी प्रधान कार्यालयमा समेत जानकारी दिइसकेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री