शुक्रबार, १६ चैत २०८०

पदीय मर्यादा कायम गर्ने सभामुखको प्रतिबद्धता

समयपोष्ट २०७४ चैत २८ गते ११:५५

सभामुख कृष्णबहादुर महराले आफ्नो पदीय मर्यादालाई अक्षुण्ण राख्न आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।

Advertisement

संसदीय समाचार सम्प्रेषणमा संलग्न सञ्चारकर्मीसँग आज भएको छलफलमा उहाँले आफू नेकपा (माओवादी)पार्टीमा नरहेको र राजनीतिक सन्तुलन कायम गरेर सभामुखको दायित्व इमानदारीपूर्वक निर्वाह गर्ने दृढता व्यक्त गर्नुभयो ।

संसद् बाहिर रहेका राजनीतिक दलका अभिव्यक्ति पनि सञ्चारमाध्यममार्फत जनसमक्ष प्रस्तुत हुनुपर्नेमा जोड दिँदै उहाँले संघीय संसद्मा समाचार संकलनमा खटिएका सञ्चारकर्मीलाई सूचना प्रवाहमा सक्दो सहयोग गर्ने बताउनुभयो ।

“सञ्चारकर्मीलाई कार्यसम्पादनमा असजिलो नहोस् भन्नेमा हामी सचेत छौँ, हरसंभव सहयोग गर्न संसद् सचिवालय तत्पर छ,” उहाँले भन्नुभयो ।

एक प्रश्नको जवाफमा उहाँले संसद् सचिवालयले सातवटा विषयगत समिति गठनको सिफारिस गरेको जानकारी दिँदै वैशाखको अन्तिम सातादेखि बजेट अधिवेशन प्रारम्भ गर्ने तयारीमा आफू रहेको बताउनुभयो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री