शुक्रबार, ७ वैशाख २०८१

दिल्लीबाट काठमाडौँमा यसरी हुन्छ मोबाइल तस्करी

समयपोष्ट २०७४ चैत २८ गते ७:५८

भारतको नयाँ दिल्लीबाट काठमाडौँतर्फ आउदै गरेको बा.५ ख १२३५ नम्बरको बसबाट १ सय १२ थान मोवाइल बरामद गरिएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले मंगलबार बस चेक गर्दा बिभिन्न ब्राण्डका राजश्व छली ल्याएका मोवाईल बरामद गरेको हो ।

Advertisement

प्रहरीले उक्त मोवाइल सहित बसका चालकहरु रामेछाप घर भई काठमाडौँ बालाजु बस्ने ४४ बर्षीय कृष्ण थापामगर, सिन्धुली कमलामाई घर भई बालाजु बस्ने २४ वर्षीय भुवन बहादुर भुजेल, सहचालक दोलखा मेलुङ्गा घर भई चावहिल बस्ने ५६ वर्षीय हरी बहादुर श्रेष्ठ र संखुवासभा घर भई पुतलीसडक बस्ने ६१ बर्षीय तिलक श्रेष्ठलाई पक्राउ गरेको छ ।

प्रहरीले राजस्व छली मोवाइल ल्याएको गोप्य सूचनाका आधारमा बस चेक गर्दा उक्त परिमाणको मोवाईल बरामद गरेको हो ।

अनुसन्धाननै क्रममा प्रहरीले संखुवासभा धर्मदेवी घर भई पुतलीसडक बस्ने ५२ बर्षीया सुमिता श्रेष्ठलाई समेत कोठामा लुकाई राखेको १८ थान मोबाइल सहित पक्राउ गरेको छ ।

यस सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री