शुक्रबार, ७ वैशाख २०८१

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग खन्ने काम सकियो, कहिलेसम्म आउला पानी ?

समयपोष्ट २०७४ चैत २७ गते ११:२१

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग खन्ने काम सकिएको छ । खानेपानी मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजनाको सुरुङ खन्ने काम सकिएको जानकारी दिइयो ।

Advertisement

अन्तिम चरणको सिन्धु–ग्याल्थुम खण्ड ७ दशमलव ५ किलोमिटर सूरुङ बे्रक थ्रू भएसँगै आयोजनाको सुरुङ निर्माण कार्य मंगलबारबाट सकिएको खानेपानीमन्त्री बीना मगरले जानकारी दिइन् ।

समयमै सक्ने भन्दै सरकारले सुरुङमार्गलार्इ तीनवटा खण्डमा विभाजन गरेर काम अघि बढाएको थियो । जसमध्ये दुर्इवटा खण्डको काम सकिएको छ । तीन खण्डमध्ये सबैभन्दा लामो सुन्दरीजल-सिन्धुखण्ड ९.४ किमी गत बर्ष व्रेक थ्रु भएको थियो । त्यस्तै दोस्रो लामो ग्याल्थुम अम्वाथान खण्ड ८.२ किमी गत पौषमा पुरा भएको थियो । आगामी बिहीबार प्रधानमन्त्रीले विशेष कार्यक्रममा बीच औपचारिक रुपमा ‘ब्रेक-थ्रु’ गर्ने गर्ने जनाईएको छ ।

कार्यक्रममा हालसम्म आयोजना निर्माणका लागि २४ अरव २२ करोड खर्च भएको पनि जानकारी दिइएको छ । आयोजनाका अनुसार सुरुङमार्ग छिचोलिएपनि राजधानीमा पानी आउन राजधानीवासीले अर्को दशैंसम्म कुर्नुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री