हाईप्रोफाईल क्यानेडियन जसले यसरी गर्थे बाल–बालिकाको यौन शोषण
केन्द्रिय अनुसन्धान ब्युरोले समाजसेवाको आवरणमा नेपालमा बाल यौन दुराचार गर्ने क्यानेडियन नागरिकलाई पक्राउ गरेको छ ।
ब्युरोले शनिवार हाईप्रोफाईल क्यानेडियन ६० बर्षिय पिटर डाल्गिसलाई काभ्रेपलाञ्चोकको मण्डन देउपुरबाट पक्राउ गरेको हो । उनी दुई बर्षदेखि नेपालमा हिमालय कम्युनिटी फाउन्डेसन नामक संस्था संचालन गरेर बस्दै आएको खुलेको छ ।
उनले विपन्न समुदायका बालबालिका छनोट गरेर पढाउने, विदेश घुमाउने र ठुलो भएपछि जागीर लगाइदिने जस्ता प्रलोभनमा पारेर स–साना बाल–बालिकाहरुलाई यौन शोषण गर्दै आएको प्रहरीले जनाएको छ ।
काभ्रेको मण्डन देउपुर नगरपालिका–१ स्थित चिलकाजी महर्जनको कोठा भाडामा लिएर बस्दै आएका पिटरको कोठाबाट प्रहरीले १२ र १४ बर्षका दुई पिडीत बालकलाई उद्धार गरेको छ ।
उनले युद्ध पीडित,कामदार र सड्क बालबालिकाहरुका लागि काम गर्दै आएका छन् । स्ट्रिट किड्स इन्टरनेशनलको संस्थापक रहेका पिटरले युएन ह्याबिट्याट अफगानिस्तानमा कन्ट्री रेप्रिजेन्टेटिभको रुपमा सन् २०१० देखी २०१४ सम्म काम गरेको बताईएको छ ।
उनले डब्लुएचओमा सिनीयर अर्बान एडभाईजरको रुपमा लाईबेरिया र डब्लुएफओ डार्फरमा समेत काम गरेको बताईएको छ ।
प्रतिक्रिया