बिहीबार, २० असोज २०७९

भाटभटेनीमा लागेको आगो नियन्त्रणमा

समयपोष्ट २०७४ चैत २५ गते ६:००

बुटवलको भाटभटेनी सुपरमार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान ४ बजदेखि लागेको आगो करीब ५ घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

Advertisement

आगो निभाउन स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित पाँच ओटा दमकल प्रयोग गरिएका थिए । आगो बिद्युत सर्ट भएर लागेको र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट विद्युतीय सामान रहेको पाचौँ तल्ला र त्यसका सबै संरचना नष्ट भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री