बिहीबार, १३ वैशाख २०८१

गुप्तचरका हाकिम नै चिन्दैनन् भीआईपी

समयपोष्ट २०७४ चैत २५ गते ०:५९

घटना १ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन भन्दै पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी फागुन २१ गते दुईदिने नेपाल भ्रमणमा आए ।

Advertisement

घटना २ : त्रिभुवन विमानस्थलमा फागुन २८ गते भएको बंगलादेशको यूएस विमान दुर्घटनापछि बुझ्न बंगलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एकेएम शाहजहाँ कमाल फागुन २९ गते नेपाल आएका थिए ।

घटना ३ : चैत ३ गते गोरखा गण्डकी गाउँपालिका ३ बेनीघाटमा मुस्लिमहरुको ठूलो कार्यक्रम भएको थियो भने त्यहाँ सहभागीमध्ये ५ सय बढी पाकिस्तानलगायत अरब मुलुकका मुस्लिम थिए ।

आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ, यी सबै घटनाका प्रमुख पात्रहरु त्रिभुवन विमानस्थल भएर अवतरण भएका हुन् ।

समाचारमा लेखिएको छ, २ अलि फरक भए पनि १ र ३ घटनामा भने सुरक्षाको हिसाबमा अलि चासोको विषय हो ।

किनकि यी घटना भएलगत्तै विमानस्थल भएर बाह्य गुप्तचरका एजेन्टहरु व्यापक रुपमा आवतजावत गरेको बताइन्छ ।

विशेष गरी भारतका बाह्य गुप्तरच रसगठन रअ, पाकिस्तानी गुप्तचर संगठन आईएसआई इन्टर सर्भिस इन्टेलिजेन्सका एजेन्टहरु सक्रिय भएको बुझिन्छ ।

विमानस्थल प्रयोग गरेर आवतजावत गर्ने विशिष्ट, विशिष्टका पूर्ण विवरण राख्ने, पहिचान गर्ने कार्य विमानस्थलमा रहेको राष्ट्रिय अनुसन्धान विभागको विमानस्थल निगरानी उपशाखाले गर्दछ ।

यी घटनाहरुमा विमानस्थल भएर नेपाल आइसकेका विशिष्ट र अतिविशिष्ट पात्रका विवरण विमानस्थल उपशाखाबाट आउँदै नआउनुले विभागका अधिकारीले त्यहाँका गुप्तचरहरुमा व्यक्ति पहिचान गर्ने समस्या रहेको निष्कर्ष निकाल्दै विभागभित्रै खैलाबैला मच्चिएको विभागकै उच्च अधिकारी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री