बिहीबार, १३ वैशाख २०८१

काठमाडौंमा रेल ल्याउन नेपाल–भारतबीच सहमति !

समयपोष्ट २०७४ चैत २४ गते १३:१०

प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच काठमाडौंदेखि रक्सौलसम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने सहमति भएको छ ।

Advertisement

भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओली र मोदीबीच भएको भेटवार्ताका क्रममा यस्तो सहमति भएको हो ।

सहमतिअनुसार पहिलो चरणमा भारतको आर्थिक सहयोगमा नेपाल सरकारसँगको सहकार्यमा एक वर्षभित्र प्रारम्भिक सर्वेक्षण कार्य सम्पन्न गरिने छ भने त्यसलगत्तै आर्थिक पक्षबारे दुई देशबीच समझदारी गरेर रेलमार्गको परियोजना सम्पन्न गरिने भारतीय विदेशमन्त्रालयले जारी गरेको वक्तब्यमा उल्लेख छ ।

वक्तब्यमा नेपाल–भारत अन्तर्देशीय रेलसंजाल परियोजनाको पहिलो चरणको प्रगतीले आफूहरुलाई खुसी बनाएको भन्दै दुबै प्रधानमन्त्रीले जनकपुरदेखि जयनगर र बिराटनगरदेखि जोगबानीको रेलवे लाइन सन् २०१८ को अन्त्यसम्म पूर्ण हुने विश्वास व्यक्त गरेको पनि उल्लेख छ ।

यस्तै बर्दिबास–बिजालपुरा–जयनगर र बिराटनगर–जोगबानीको रेल संजाल परियोजनालाई प्राथमिकताका हिसाबले पूरा गरिने वक्तव्यमा उल्लेख छ ।

काकडभित्ता–न्यू जलपाइगुरी, भैरहवा–नाउतान्वा र नेपालगञ्ज रोड–नेपालगञ्जको रेल संजाललाई भने दोस्रो चरणअन्तर्गत पूरा गरिने वक्तब्यमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री