शनिबार, १५ वैशाख २०८१

नेपाली पोर्नस्टार अर्चना पनेरुको ‘श्रीमान’ अवैध गाँजासहित पक्राउ

समयपोष्ट २०७४ चैत २४ गते ३:२७

पोर्नस्टार अर्चना पनेरुको ‘श्रीमान’ वुल्फ प्राइस अवैध लागुऔषधसहित पक्राउ परेका छन् ।

Advertisement

बुधबार राजधानीको बलम्बुस्थित एक घरबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

२०० ग्राम गाँजासहित पक्राउ परेका प्राइसमाथि मुद्दामा म्याद दिएर अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए । प्राइसको साथबाट ठूलो मात्रामा ६० पकेट कण्डम र उत्तेजित बनाउने औषधी पनि प्रहरीले बरामद गरेको छ ।

त्यस्तै प्राइस बस्दै आएको घरबाट १२ वर्षीय २ बालकलाई पनि प्रहरीले उद्दार गरेको एसएसपी पोखरेलले जानकारी दिए । उद्दार गरिएको दुई बच्चा चितवनको खैरहनीबाट ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अवैध रुपमा बच्चा ल्याएर राख्ने गरेको भन्दै तीनथानामा रहेको बाल हेल्पलाइनले पनि किन ल्याएको भन्दै अनुसन्धान सुरु गरेको छ । प्रहरीले प्राइसमाथि लागुऔषध मुद्दा दर्ता गरी थप छानबिन गरिरहेको बताएको छ ।

प्राइस अमेरिकी नागरिक हुन् । अर्चनाले आफू र वुल्फले विवाह गरेको भन्दै तस्विर समाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । तर, पछि उनले त्यो ठट्टा मात्र भएको बताएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री