बिहीबार, १३ वैशाख २०८१

बलिउडमा गुमनाम पहिलो पाइला

समयपोष्ट २०७४ चैत २३ गते ६:०२

सञ्जय दत्त, आलिया भट्ट, अजय देवगण र करण जौहरजस्ता बलिउड सुपरस्टारबारे सबैलाई थाहा छ । उनीहरूलाई मनपर्नेदेखि मन नपर्ने कुराबारे पनि धेरथोर चर्चा हुने गर्छ । तर, यी कलाकारको पहिलो फिल्मबारे थाहा नहुन सक्छ ।

Advertisement

बलिउडमा पाइला राख्न त्यति सहज छैन । कि त आफन्त या खानदान त्यस क्षेत्रमा हुुनुपर्छ । त्योभन्दा बाहिरकालाई त्यति सजिलो छैन र प्रवेश गरेकाहरूलाई पनि टिक्न सहज छैन । वर्षौंको मिहिनेतपछि बलिउड कलाकारले नाम कमाउँछन् । त्यो भलै स्टारकै सन्तानमै पनि लागू हुन्छ । आज बलिउडका नामी केही हस्तीहरू जसले पहिलोपटक क्यामेराको सामना गरेका थिए, त्यतिवेला उनीहरूलाई कसैले चिन्दैन थिए । उनीहरूको पहिलो फिल्ममा उनीहरू गुमनामजस्तै भए ।

० सञ्जय दत्त

सञ्जय दत्तले पहिलोपटक १९८१ मा रिना रायका साथ गरेको फिल्म ‘राकी’ बाट उनलाई सबैले चिने । तर, सञ्जयले पहिलोपटक १९७१ मा पिता सुनिल दत्तको फिल्म ‘रेश्मा और शेरा’मा काम गरेका थिए । उक्त फिल्ममा सञ्जय बालकलाकारको भूमिकामा थिए । त्यो भूमिकाको चर्चा नै भएन ।

० करण जोहर

अभिनयकै कुरा गर्ने हो भने चर्चित निर्देशक तथा निर्माता करण जोहर ‘दिलवाले दुल्हनिया लेजाएंगे’मा शाहरुख खानको साथीको भूमिकामा चिनिए । तर, करणले आफ्नो अभिनयको सुरुवात दूरदर्शन टिभीमा आउने कार्यक्रम ‘इन्द्र धनुष’बाट गरेका थिए । यो आजभन्दा ३० वर्षपहिला थियो ।

० आलिया भट्ट

बलिउडकी चर्चित नायिका आलिया भट्टलाई सबैले भन्ने गर्छन् कि उनको पहिलो फिल्म ‘स्टुडेन्ट अफ द इयर’ हो । तर, उनको पहिलो फिल्म १९९९ मा रिलिज भएको ‘संघर्ष’ हो । यस फिल्ममा आलियाले प्रीति जिन्टाको बचपनको भूमिका निर्वाह गरेकी थिइन् । जतिवेला आलिया ६ वर्षकी थिइन् ।

० अजय देवगण

सबैले अजय देवगणलाई १९९१ को फिल्म ‘फूल और काँटे’का कारण चिन्छन् । कतिले त उनको पहिलो फिल्म पनि यसैलाई भन्ने गरेका छन् । तर, अजयले १९८५ मा १६ वर्षको उमेरमा फिल्म ‘प्यारी बहना’मा मिथुन चक्रवर्तीको बचपनको भूमिका निभाएका थिए ।

० बबी देवल

बबी देवल पनि बालकलाकार थिए । जब उनी पहिलोपटक स्क्रिनमा आए, त्यतिवेला कसैले पनि थाहा पाएनन् कि उनी धर्मेन्द्रका छोरा हुन् । बबीको फिल्म ‘बरसात’लाई धेरैले उनको पहिलो फिल्म भनेर चिन्छन् । तर, १९७७ को ‘धर्मवीर’ बबीको पहिलो फिल्म हो, जतिवेला उनी ८ वर्षका थिए ।

० तब्बु

एकदमैै थोरै मानिस मात्र थाहा होला कि तब्बु १४ वर्षकी हुँदा पहिलोपटक उनले क्यामेराको सामना गरेकी थिइन् । उक्त फिल्म १९८५ को ‘हम नौजवा’ थियो । जुन फिल्ममा तब्बुले देव आनन्दको छोरीको भूमिका निर्वाह गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री