शुक्रबार, १६ चैत २०८०

नेपालको पानीजहाजको रहष्य यस्तो पो

समयपोष्ट २०७४ चैत २३ गते ५:००


कुसुम भट्टराई
अन्तरीम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भारत गएर ‘सिमा नदिहरु नेपाल र भारतका साझा हुन्’ भनेर भन्दा तात्कालीन माले (हालको एमाले)का नेताहरुले भट्टराईलाई भारतीय दलाल भनेर रडाको मच्चाए । राष्ट्रघाती बोली बोलेको भन्दै सडकमा रेलीङ भाँच्न थाले ।

Advertisement

कालान्तरमा केपी ओली र माधव नेपालले महाकाली सम्झौतामा ल्याप्चे लगाए । अचेल उनीहरु भन्ने गर्छन्, ‘महाकाली नदिको पानीलाई भारतले एकलौटी हडप्न खोजेको थियो, हामीले साझा बनायौ र बराबरी हक कायम ग¥यौं ।’

हिजो किशुनजीले साझा नदि भन्दा राष्ट्रघाती भन्ने एमालेवालाहरुले आफुले साझा बनाएको कुरालाई चाहिँ राष्ट्रबादको रुपमा व्याख्या गरिरहेका छन् ।
मलाई लाग्छ, एमालेको राष्ट्रबादमा यस्तै दोगला चरीत्र लुकेको छ र यसपाली भारतमा भ्रमणमा प्रधानमन्त्री ओलीबाट यही दोगला राष्ट्रबाद हामीले देख्न पाउने आशँका बढेको छ ।

कुरा के भने, ओलीले एक वर्षअघिदेखि ‘नेपालको झण्डा भएको पानी जहाज चलाउने’ हल्ला चलाउँदै आएका छन् । मलाई लागेको थियो, इण्डियन ओशियन या अरबियन ओशीयनतिर नेपाली कम्पनीको पानीजहाज गुडाउने होला । हुन पनि पहिला राणाजीहरुले त्यस्तो जहाज चलाउँथे भन्ने सुनेको थिएँ ।

तर, ओलीले पानी जहाज चलाउने भनेको कुरा अर्कै हो ।
‘कोशी नदिमा स्टीमर चलाउने’ र जलयात्रालाई बढावा दिने (महान विकासबादी सोच) भन्दै उनी भारतको चाहना बमोजिम कोशी उच्च बाँधमा सहमती धस्काउन चाहिरहेका छन् भने गंगा नदिसम्म नेपालको पानी जहाज पु¥याउने (नक्कली राष्ट्रबादी हौवा) चलाउँदै उनी भारतको रिभरलिंक प्रोजेक्टमा सही धस्काउनेछन् ।

अर्थात एकातिर भारतको मनसुवा पनि पुरा गर्ने, भारतको इशारा बमोजिमका सन्धी सम्झौता गर्ने, अर्कोतिर नेपालमा चाहिँ त्यसैलाई राष्ट्रबादी जामा लगाइदिने । जलयात्रा, नेपालको झण्डा राखेको हवाइजहाज चलाउने आदि आदि भनेर । भारतको रिभर लिंक प्रोजेक्टमा ‘नेपालको झण्डा भएको जहाज चलाउने’ बिम्ब जोडिदिएपछि त्यो राष्ट्रबादी कदम भइहाल्यो ।

विचरा गिरीजाले पो जानेनन्, टनकपुर सन्धी गर्दा उनले यस्तै कुनै फण्डा गरेको भए उनी त महान राष्ट्रबादी पो कहलिने रहेछन् त ।
भारतले नेपालको राष्ट्रबादलाई पनि तिरंगामा पोको पार्ने भो गाँठे । कुसुम भट्टराईको फेसबुकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री