बिहीबार, १३ वैशाख २०८१

पार्टी एकता संयोजन समिति बैठक सकियो, विवादित विषय प्रधानमन्त्रीको भारत भ्रमणपछि टुंगाईने

समयपोष्ट २०७४ चैत २२ गते ६:०७

प्रधानमन्त्री निवास बालुवटारमा बसेको एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बिना निश्कर्ष टुंगिएको छ ।

Advertisement

कार्यदलमा सहमति नजुटेका विषयमा छलफल गर्न बसेको आजको बैठक बिना निश्कर्ष टुंगिएको हो ।

बैठक विवादित तीनवटा विषयमा कुनै छलफल नै नगरी सकिएको छ ।

माओवादी नेता तथा एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले बैठकपछि प्रतिकृया दिँदै नेताहरुबीच सहमति नभएका विषयमा प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट स्वदेश फर्किएपछि मात्रै छलफल गरेर टुंगाईने जानकारी दिए ।

नेता श्रेष्ठका अनुसार बैठकले पार्टी एकता घोषणा बैशाख ९ मा गर्ने सहमति भएको र त्यसका लागि देशभर प्रचारप्रसार गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री